समाज

कनकाई नदीमा फेला परेको शवको पहिचान खुल्यो

By admin

July 16, 2023

बिर्तामोड । झापाको कनकाई माईमा शनिबार साँझ फेला परेको शवको पहिचान खुलेको छ । झापा प्रहरीका अनुसार शव शिवसताक्षी ८ का ९० वर्षीय टेकबहादुर श्रेष्ठको रहेको खुलेको हो ।

 

शनिबार साँझ साढे ६ बजे स्थानीयले कनकाई पुलदेखि ७ सय मिटर दक्षिणमा शव देखेर माइधार प्रहरीलाई खबर गरेका थिए । घाँस काट्न गएका स्थानीयले नदीमाथि शव घोप्टो परेको अवस्थामा देखेका थिए । शवको पोष्टमार्टमका लागि हिजै दमक अस्पताल लगिएको थियो ।

 

नदीमा भेटिएको शवको आज बिहान साढे ६ बजे पहिचान खुलेको हो । प्रहरीका अनुसार मृतक टेकबहादुरका नाती दिलबहादुर श्रेष्ठले उक्त शव आफ्नो हजुरबाको भएको जानकारी गराएका थिए ।