समाज

सेउती पुलमा गोली प्रहार गरी एक युवकको हत्या

By admin

July 22, 2023

सुनसरी । सुनसरीको धरान-तरहरा सडक खण्डको सेउती पुलमा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ । लुटेरा समूहको गोली प्रहारबाट घाइते भएका विराटनगरका रोहित चौधरीको मृत्यु भएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभूप्रसाद ढकालले जानकारी दिए ।

 

गोली लागेर सख्त घाइते भएका चौधरीलाई उपचारका लागि बीपी प्रतिष्ठान ल्याइएको थियो । उनको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

धनकुटाको मूलघाटबाट विराटनगर आउँदै गरेका विराटनगर-५ का २८ वर्षीय चौधरीमाथि अपराह्न हतियारधारी समूहले लुटपाट गरेको थियो । गोली प्रहार गरी लुटपाट गरिएका चौधरीको साथबाट मोबाइल र पैसा लुटेर लुटेरा फरार भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।