समाज

एन्जिलाले मनाइन् आपाङ्गता भएका बालबालिकासँग जन्मदिन

By admin

July 22, 2023

बिर्तामोड । युवा ब्यवसायी निर्मल भट्टराई र सुमित्रा बस्नेत भट्टराईकी छोरी एन्जिलाले आफ्नो जन्मदिन अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा मनाएकी छिन् । एन्जिलाले आफ्नो जन्मदिन अर्जुनधारा ६ स्थित कप्तानबारीमा रहेको सरोकार केन्द्रमा मनाएकी हुन् ।

 

केन्द्रमा आश्रित ११ जना आपाङ्गता भएका बालबालिकालाई नगदसहित मिठाई, कपी, पेन्सिललगायत सामग्री सहयोग गर्दै एन्जिलाले जन्मोत्सव मनाएकी हुन् ।

 

उनले शनिबार (आज) २५औं जन्मोत्सव प्रवेशका अवसरमा सरोकार केन्द्रमा आश्रित आपाङ्ग बालबालिकासँग केक काटेर मनाइन् । एन्जिलाले सरोकार केन्द्रका सञ्चालक कृष्ण दुलाललाई नगद ५ हजार एक सय रुपैयाँ प्रदान गरेकी छिन् ।

 

आफ्ना मातापिताको प्रेरणाले पनि सामाजिक कार्य गर्न आफू प्रेरित भएको उनको भनाई छ । उनले हालसालै स्नातकोत्तर अध्ययन सकेर आफ्ना पिताको ब्यवसायमा सहयोग गर्दै आएकी छिन् ।

 

उनले जन्मदिनमा गरिने फजुल खर्च कटौती गर्दै सरोकार केन्द्रको दयनीय अवस्था थाहा पाएपछि अपाङ्ग बालबालिकालाई सहयोग गरेको बताइन् । सो अवसरमा उनका पिता निर्मल, आमा सुमित्रा, भाइ एसविन भट्टराईको उपस्थिति रहेको थियो ।