समाज

झापामा ७ वर्षीय बालकको डुबेर मृत्यु

By admin

July 24, 2023

बिर्तामोड । झापाको झापा गाउँपालिकामा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका १ लसुनाका गौतमकुमार गणेशका ७ वर्षीय छोरा डेनिस गणेश रहेका छन् ।

 

उनको नेपाल भारत सीमा नजिकै रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार अन्दाजी १२ बजे बालक खेल्नेक्रममा पानीमा डुबेका थिए ।

 

उनलाई तत्कालै उपचारका लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पताल पुर्याइएको थियो । बिर्तासिटी पुर्याइएका उनलाई अस्पतालले मृत घोषित गरेको हो ।