समाज

बिर्तामोडमा एक नाबालकको शंकास्पद मृत्यु

By admin

July 24, 2023

झापा । बिर्तामोड नगरपालिका ७ मा एक नाबालकको रहस्यमय मृत्यु भएको छ । शंकास्पद मृत्यु भएपछि प्रहरीले थप अनुसन्धान गर्न नाबालकको शव पोस्टमार्टमका लागि धरान घोपा पठाइएको छ ।

 

बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलका अनुसार नाबालक रवि मियाका छोरा हुन् । नाबालकका बुबा मुस्लिम र आमा सन्थाल भएको बुझिएको छ । दश दिनअघि आमाले नाबालकलाई बुबाको जिम्मा लगाएर सम्पर्कविहीन भएको स्थानीयबासीले जानकारी दिए ।

 

आमा सम्पर्कविहीन भएपछि बुबासँगै बस्दै आएका नाबालकको आइतबार राति निधन भएको हो । घटनास्थलमा प्रहरी पुग्दा नाबालकको घाँटीमा धेरै कमिला देखिएको बताइएको छ ।