समाज

शनिश्चरेका सामाजिक व्यक्तित्व अशोक विष्टको निधन

By admin

July 25, 2023

अर्जुनधारा । झापाको पुरानो बजार शनिश्चरे क्षेत्रका अगुवा तथा सामाजिक व्यक्तित्व अशोक विष्टको निधन भएको छ ।

 

लामो समयदेखि शनिश्चरे प्रहरी चौकी व्यवस्थापन समितिका अध्यक्ष रहेका विष्टको अर्जुनधारा ८ शनिश्चरेस्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो । ७१ वर्षीय विष्ट कलेजोसम्बन्धी रोगबाट ग्रसित थिए ।

 

तत्कालिन शनिश्चरे गाउँ विकास समितिको २ नम्बर वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधि विष्टको आजै कनकाई माईमा दाह संस्कार गरिने परिवारजनले जनाएका छन् ।