समाज

पाँचथरमा ट्याक्सी दुर्घटनाः एक जनाको मृत्यु, १३ घाइते

By admin

July 25, 2023

झापा । पाँचथरको फिदिम नगरपालिका २ कृष्ण मन्दिरमा आज ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

 

मेची राजमार्गअन्तर्गत झापाको बिर्तामोडबाट फिदिमतर्फ जाँदै गरेको मे १ ज १९४१ नं. को ट्याक्सी अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको हो । दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरी निरीक्षक मिलन थापाले जानकारी दिए ।

 

दुर्घटनामा इलामको दानाबारीका २६ वर्षीय अर्जुन विक, ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका १ का २३ वर्षीय बुद्धहाङ लिम्बू, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ पापुङका २६ वर्षीया इसेटिमा शेर्पा, पाँचथरको हिलिहाङ गाउँपालिका १ अमरपुरका २५ वर्षीय रोशन श्रेष्ठ, सोही स्थानका २३ वर्षीय भुपेन्द्र श्रेष्ठ र ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका ३ फावाखोलाका ३० वर्षीय सरोज मादेन घाइते भएका छन् ।

 

यसैगरी दुर्घटनामा परी ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ३ का २४ वर्षीय अजय लिम्बू, इलामको देउमाई नगरपालिका सिद्धिथुम्काकी १४ वर्षीया निरुता रम्तेल, कालीकोटका २२ वर्षीय सुमन खड्का, काठमाडौँको बल्खुकी २० वर्षीया मीना लिम्बू, पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ पौवासारतापका ३५ वर्षीय राम नेम्बाङ, पाँचथरको फिदिम नगरपालिका १० याङनामकी ४० वर्षीया सविना बिक र सोही स्थानकी पाँच वर्षीया पुस्तिका विक घाइते भएका छन् । घाइतेमध्ये मीना र सविनालाई थप उपचारका लागि झापा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।