आठराई । तेह्रथुमको आठराई गाउँपालिका ६ स्थित चुहानडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको निधन भएको छ ।
निधन हुनेमा आठराई गाउँपालिका ३, ह्वाकुका ३० वर्षीय नवीन थिङलाबु रहेको इलाका प्रहरी कार्यालय चुहानडाँडाले जनाएको छ ।
आठराई गाउँपालिका केन्द्र सङ्क्रान्ति बजारदेखि पाँचथरको फिदिम आउँदै गरेको बा ६८ प ५८३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा थिङलाबुको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा सोही मोटरसाइकलमा सवार धरान १५ सुनसरी निवासी ४० वर्षीय सुरेन राई घाइते भएका छन् । उनलाई उपचारका लागि पाँचथर अस्पताल लगिएको छ ।