झापा । झापाको दमकमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना महिला पनि छन् ।
आइतबार दिउँसो २ बजेको समयमा दमक नगरपालिका वडा नं ५ नारायण गोपाल टोलमा गौरादह नगरपालिका वडा नं ५ घर भई हाल दमक नगरपालिका ५ मा डेरा गरी बस्ने २७ वर्षीय सरोज सुब्बा र उनकी श्रीमती ३२ वर्षीया मिना राईलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको कोठामा ब्राउनसुगर बिक्री बितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ८ ग्राम ब्राउनसुगर फेला परेको थियो ।
उनीहरुसंगै रहेका कमल गाउँपालिका वडा नं ४ का ३५ वर्षीय सुमन श्रेष्ठसहित तीनै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।