शनिश्चरे । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित झापाको अर्जुनधाराबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ११ का २५ वर्षीय निर्मल बुढाथोकी रहेका छन् ।
शुक्रबार दिउँसो साढे ३ बजेको समयमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले बुढाथोकीलाई शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट ५ ग्राम १०० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । उनको साथबाट एक थान मोबाइल र नगद १५ हजार प्रहरीले फेला परेको थियो ।
उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।