समाज

दमकका रोहित ब्राउन सुगरसहित पक्राउ

By admin

August 07, 2023

दमक । दमक ९ स्थित चिया बगान क्षेत्रबाट एक जनालाइ प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरीका अनुसार हिजो आइतबार अन्दाजी १०ः३० बजे ब्राउनसुगर बिक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले स्थानीय रोहित गौतमलाई शंकित अवस्थामा फेला पारेको थियो ।

 

२२ वर्षीय गौतममाथि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजीमा लागूऔषध ब्राउन सुगरजस्तो देखिने ८ वटा पोका फेला परेको थियो ।

 

डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिकसहित १ ग्राम ७० मिलिग्राम र प्लाष्टिक बाहेक १ ग्राम ब्राउनसुगर फेला पारी निजलाई नियन्त्रणमा लिई ईप्रका दमकमा राखी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।