समाज

‘ब्रा’भित्र सुन बोक्ने बिर्तामोडकी महिला पोखरामा पक्राउ

By admin

August 10, 2023

झापा । पोखरामा झापाकी एक महिला सुनसहित पक्राउ परेकी छन्। झापाको बिर्तामोड नगरपालिका १ घर भई काठमाडौंको जोरपाटीमा बस्दै आएकी ४५ वर्षीया कल्पना गुरुङलाई पोखरा प्रहरीले नियन्त्रणमा लिएको हो।

 

बिहीबार बिहान करिब साढे ७ बजे कास्कीको पोखरा महानगरपालिका ९ स्थित बसपार्कबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी काठमाडौंबाट पोखरा आएको ग १ ख ९९४४ नम्बरको बसमा सवार थिइन्।

 

बसबाट ओर्लने क्रममा उनको शरीर तलासी गर्दा सो पहेँलो धातु फेला परेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी बेद जोशीले जानकारी दिए।

 

गुरुङको छातीमा सेतो टेपले बेरेर ‘ब्रा’भित्र लुकाइराखेको अवस्थामा सुनजस्तो देखिने सो धातु र पहेँलो औँठीजस्तो देखिने रिङ अन्दाजी २८० ग्राम २९ मिलिग्राम फेला परेको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।