समाज

फिदिमकी ६५ वर्षीया बृद्धाको स्कुटर दुर्घटनामा मृत्यु

By admin

August 12, 2023

पाँचथर । फिदिम फालौट सडकखण्ड अन्तरगत पाँचथरको फिदिम नगरपालिका ११ अम्बके भीरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा फिदिम नगरपालिका १ की ६५ वर्षीया मायादेवी कार्कीको मृत्यु भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाका अनुसार स्कुटरका चालक उनका श्रीमान् होमकर्ण कार्की गम्भीर घाइते भएका छन् ।

 

हेमकर्णले चलाएको प्रदेश ०१-०३-००१ प ५२७१ नम्बरको स्कुटरमा नाङ्गिनदेखि फिदिम आउने क्रममा फिदिम ११ अम्बके भीरमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

 

चालक हेमकर्णको दाहिने खुट्टा भाँचिएको छ । दुर्घटना हुँदा सडकदेखि ५० मिटर तल खसेकी मायादेवीलाई उपचारार्थ अस्पतालमा पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् । घाइते कार्कीको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।