अर्थ बजार

साम्भवी बेभरेजको जुसिका मैंगो र मेन्टेन मैंगो जुस बजारमा

By admin

August 12, 2023

झापा । झापाको अर्जुनधारा ५ मा रहेको साम्भवी फुड एण्ड बेभरेजेज प्रालिले नयां जुस (पेय पदार्थ) बजारमा ल्याएको छ । कम्पनीले जुसिका मैंगो र मेन्टेन मैंगो जुस बजारमा ल्याएको हो ।

 

करिब ९ वर्षअघि स्थापना भएको हल्का पेय पदार्थ तथा जुस उत्पादन गर्दै आएको उद्योगले ‘चिसोकोला’, ‘फन्नी’, ‘चटकोला, ‘सिम्पल साइट, ‘मेन्टेन ड्यू’, यूनिक ड्यूलगायतका पेय पदार्थ र जुस उत्पादन गर्दै आएको छ ।

 

कम्पनीले वैशाखदेखि नै जुसिका मैंगो र मेन्टेन मैंगो जुस उत्पादन सुरु गरेको जनाएको छ । पल्प बेसमा उक्त जुसहरु उत्पादन हुंदै आएको कम्पनीका सञ्चालक पुष्प आर्चायले जानकारी दिए ।

 

अधिकांश जुसहरु विभिन्न फलफूलको स्वादमा उपलब्ध हुने गर्छन । तर साम्भवी फुड एण्ड बेभेरेजेज प्रालिले भने पहिलो पटक पल्प बेस (आँप) मा उक्त जुसहरु बजारमा निकालेको दाबी गरिएको छ ।

 

पल्प बेस भएकाले आँपमा पाइने सम्पूर्ण भिटामिन उक्त जुसमा पाइने सञ्चालक आर्चायको भनाइ छ । शक्तिवर्दक तथा इनर्जी दिने भएकाले उत्पादित जुसको छोटो समयमा नै माग राम्रो रहेको अर्का सञ्चालक रमेश निरौलाले सुनाए ।