अर्थ बजार

लालीखर्कको दूध डेरीमा आगलागी, ३० लाख बढीको क्षति

By admin

August 13, 2023

फिदिम । पाँचथरको फिदिम नगरपालिका ३ स्थित एक दूध डेरीमा शनिबार दिउँसो आगलागी हुँदा लाखौं रकम बराबरको क्षति भएको बताइएको छ ।

 

डेरी सञ्चालक टीका राईले आगलागीबाट ३० लाखको क्षति भएको दाबी गरेका छन् । मिना दुग्ध डेरी नामक उक्त उद्योगमा शनिबार दिउँसो ३ बजेपछि आगलागी हुँदा ३० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

 

आगलागीबाट १० क्विन्टल छुर्पी, घ्यू, दूध, क्रिम, दूध जाँच्ने मेसिन र तौल मेसिन जलेर नष्ट भएको प्रहरी निरीक्षक मिलन थापाले जानकारी दिए ।आगलागीको कारण भने खुल्न सकेको छैन ।

 

आगलागीको जानकारी पाउनासाथ सदरमुकाम फिदिमबाट गएको प्रहरीको टोली र स्थानीयले करिब एक घण्टापछि आगो नियन्त्रणमा लिएको बताइएको छ ।