समाज

मेची नदीमा डुबेर बालकको मृत्यु, एक जनाको उद्दार

By admin

August 19, 2023

झापा । मेची नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा भद्रपुर नगरपालिका ६ स्थित भानुनगर निवासी विनोद महतोका १३ वर्षीय छोरा शिव महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

बालक महतो अन्य दुईजना साथीहरूसँगै शनिबार दिउँसो ३ मेची नदीमा पौडी खेल्न गएका थिए । भद्रपुर नगरपालिका ५ देवी बस्तीको तटबन्ध नजिकै पौडी खेल्ने क्रममा महतो पानीको गहिरोमा भाग्न डुबेको बताइएको छ ।

 

पौडी खेल्दै गर्दा डुबेका उनको घटनास्थलमै मृत्यु भएको थियो । उनीसँगै अर्को बालक पनि डुबिरहेको स्थानीयले देखेपछि उनलाई तत्काल उद्धार गरेका थिए । घटना साढे ३ बजेको हो ।

 

वडा प्रहरी कार्यालय भद्रपुरको टोली घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पूरा गरी बालकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।