बेलबारी । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका बेलबारी नगर अध्यक्ष काशीराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
मोरङको बेलबारी नगरपालिका १० घर भएका ३४ वर्षीय तामाङलाई बलात्कार आरोपमा प्रहरीले साउन ३२ गते बिहीबार पक्राउ गरेको हो। आफूलाई असार २ गते बलात्कार गरेको भनेर २० वर्षीया युवतीले किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार तामाङविरुद्ध साउन २४ गते किटानी जाहेरी परेको थियो। तामाङ रेस्टुरेन्ट पनि चलाउँछन्। उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताए।