अर्थ बजार

झुम्काबाट नक्कली नोटसहित एक जना पक्राउ

By admin

August 21, 2023

सुनसरी । सुनसरीको रामधुनी नगरपालिकाबाट १७ हजार ५ सय नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार रामधुनी वडा १ का ३६ वर्षीय रोशन चौधरीलाई ५ सय रुपियाँका ३५ थान नक्कली नोटसहित इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको हो ।

 

नियन्त्रणमा रहेका चौधरीलाई थप अनुसन्धानका लागि आइतबार जिल्ला अदालत सुनसरीबाट मुद्रासम्बन्धी कसुरमा तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए ।

 

रामधुनी १ को झुम्का बजारको एक होटलमा खाजा खाएको पैसा तिर्न गएका चौधरीले नक्कली नोट दिएपछि होटल सञ्चालकले शङ्का लागेर प्रहरीलाई खबर गरेका थिए । तत्काल पक्राउ गरी अनुसन्धान गर्दा नोट नक्कली भएको पुष्टि भएको प्रहरीको भनाइ छ ।