खेलकुद

छथर अध्यक्ष कप फुटबलको तालिका सार्वजानिक

By admin

August 28, 2023

तेह्रथुम । ऐतिहाँसिकरुपमा लाग्दै आएको भदौरे पुर्णिमा मेलाको अवसरमा आयोजित चौथो छथर गाउँपालिका अध्यक्ष आमन्त्रित कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजानिक गरिएको छ ।

 

भदौ १२ गतेदेखि सुरु हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । आयोजक रत्नदेवी युवा सेवा समाज तथा छथर गाउँपालिका अध्यक्ष कप तथा भदौरे पुर्णिमा मेला २०८० आयोजक समितिका अनुसार विजेताले नगद १ लाख ५१ हजार र अध्यक्ष कप प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद ७५ हजार प्राप्त गर्ने समाजका अध्यक्ष अनिल आंखेवाले बताए ।

 

प्रतियोगितामा सर्वोउत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट गोलकिपर, गोलकर्ता, मिडफिल्डर र डिफेन्डरले जनही नगद २५ सय पाउने छन् । त्यस्तै क्वाटरफाइनलबाट बाहिरिने टिमलाई नगद १० हजार र सेमिफाइनलबाट बाहिरिने टिमलाई नगद २० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

 

प्रतियोगितामा तेह्रथुम, संखुवासभा, धनकुटा, सुनसरी र मोरङका टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल भदौ १६ गते हुनेछ ।