समाज

भद्रपुरमा झाडीभित्र फालिएको शिशुको उद्दार

By admin

August 30, 2023

झापा । झापाको भद्रपुरमा झाडीभित्र फालिएको एक शिशुको उद्दार गरिएको छ । निर्दयी बाबुआमाले झाडीमा फालेको एक शिशुको भद्रपुरमा उद्दार गरिएको हो ।

 

भद्रपुर ७ स्थित एमरेल्ड एकाडेमी छेउको झाडीमा शिशु फेला परेपछि उद्दार गरिएको स्थानीय डिल्लीराम पोखरेलले जानकारी दिए । मंगलबार साँझ फेला परेको शिशुलाई प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ ।

 

झाडीमा शिशु फाल्ने बाबुआमाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले शिशु बेवारिसे अवस्थामा फेला परेपछि अस्पताल पुर्याएको थियो । प्रहरीका अनुसार शिशुको स्वास्थ्य सामान्य रहेको छ ।