समाज

‘स्कारपियो’ दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

By admin

September 03, 2023

झापा । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ७ मा पर्ने पाँचकिलोमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जीपमा रहेका चार जना घाइते भएका छन् ।

 

गएराति दोलखाबाट सिन्धुपाल्चोकको खाडीचौरका लागि छुटेको बा १५ च ९३७० नम्बरको जीप लामोसाँघु जिरीखण्डको पाँचकिलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

 

दुर्घटनामा दुई जना पुरुषको ज्यान गएको र तीमध्ये एक जना उत्तम महर्जन रहेका प्रहरीले जनाएको छ । उनी चालक हुन् । अर्का मृतक सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्सपेक्टर सञ्जीवकुमार यादवले जानकारी दिए ।

 

सडकबाट करिब तीन सय मिटर तल सडकमा गाडी खसेपछि राति स्थानीयले उद्धार गरेका थिए । घाइते चार जनाको सदाबहार अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।