अर्थ बजार

मितेरी पुलबाट एक किलो सुनसहित महिला पक्राउ

By admin

September 03, 2023

रसुवा । चीनको केरुङबाट रसुवागढी नाका हुँदै ल्याइएको एक किलो सुनसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा गोसाईकुण्ड गापा वडा नम्बर ३ बस्ने ४१ वर्षीया पाछेमु तामाङ (गुरुङ) रहेकी छन् ।

 

रसुवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास बुढाथोकीका अनुसार नेपाल-चीन सिमानामा पर्ने रसुवागढीस्थित मितेरी पुलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रसुवा भन्सार कार्यालयको संयुक्त चेकिङ्ग टोलीले नियमित चेकजाँचको क्रममा उनलाई एक किलो सुनसहित नियन्त्रणमा लिएको हो ।

 

लुकाइछिपाई चारवटा टुक्रा पारी ल्याएको अन्दाजी एक केजी सुन चीनबाट नेपालतर्फ पैदल आउँदै गर्दा मितेरी पुलबाटै बरामद गरिएको हो । बरामद सामानसहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।