खेलकुद

युकेएफसीविरूद्ध रेड स्टारकाे जित, आज सेमिफाइनलमा पथरी र इटहरी भिड्दै

By admin

September 04, 2023

फुङलिङ । साँघुरो अन्तरको जितमा बिर्तामोडको रेड स्टार फुटबल क्लब यहाँ जारी ताप्लेजुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

आइतबार भएको अन्तिम क्वाटरफाइनल खेलमा रेड स्टारले युनाइटेड खर्साङ फुटबल क्लब दार्जिलिङ, भारतलाई १-० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

 

भानुजन माविको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलको १२औं मिनेटमा जोन ग्लोरीले गरेको एकमात्र गोल खेलको निर्णायक गोल बन्यो । खेलमा म्यान अफ द म्याच भने पराजित युनाइटेड खर्साङका बिरेन प्रधान घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल हात पारे ।

 

आज सोमबार पहिलो सेमिफाइनल खेल पथरी फुटबल क्लब, मोरङ र जुट विकास फुटबल एकेडेमी, इटहरीबीच हुनेछ । विजेताले उपाधिसहित नगद ३ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ ।