समाज

७ ग्राम ब्राउन सुगरसहित बाह्रदशीका सलमान पक्राउ

By admin

September 13, 2023

झापा । प्रतिबन्धित लागूऔषध बिक्री वितरण गरिरहेको अवस्थामा झापा बाह्रदशीका एक व्यक्ति पक्राउ परेका छन् ।

 

मंगलबार राति १०ः३० बजेको समयमा बाह्रदशी गाउँपालिका वडा नं ४ मा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी फूलबारीबाट खटिएको प्रहरी टोलीले बाह्रदशी गाउँपालिका वडा नं ४ बस्ने २६ वर्षीय सलमान आलमको घरमा छापा मारेको थियो ।

 

त्यसक्रममा ७ ग्राम ब्राउनसुगर फेला परेकोले उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।