झापा । झापामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षीका दुई जना युवा छन् ।
इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरीको टोलीले शिवसताक्षी नगरपालिका ३ का २६ वर्षीय सुवास तामाङ र ४० वर्षीय भीमप्रसाद तुम्बाहाम्फेलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ मे ५ प ९१३५ नम्बरको मोटरसाइकलमा आइरहेका उनीहरूलाई चेकजाँच गर्दा १ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । पक्राउ परेका दुवै जनालाई प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।