शनिश्चरे । झापा अर्जुनधारा ७ का युवा प्रदिप खड्काले आफ्ना पितृको स्मृतिमा पानी शुद्ध गर्ने मेसिन प्रदान गरेका छन् ।
दिवंगत बुवाआमा राम खड्का र लीला खड्काको स्मृतिमा खड्का दम्पतिले शनिश्चरे प्रहरी चौकीलाई उक्त मेसिन प्रदान गरेका हुन् । उक्त मेसिनको मूल्य करिब २० हजार रहेको छ ।
सेवाग्राही तथा राष्ट्र सेवकलाई शुद्ध पिउने पानीको व्यवस्थाका लागि आफूले मेसिन प्रदान गरेको खड्काको भनाइ छ ।