समाज

बुद्धशान्तिका आशिष राई ब्राउन सुगरसहित पक्राउ

By admin

September 17, 2023

बिर्तामोड । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित झापा बुद्धशान्तिका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका वडा नं ७ सुनमाई बस्ने २८ वर्षीय आशिष राई रहेका छन् ।

 

हिजो (शनिबार) साँझ ६ बजेको समयमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले राईको घर कोठामा शंका लागेर चेकजाँच गर्दा सिरानीमुनि लुकाई राखेको २ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।