समाज

शनिश्चरे प्रहरीद्वारा डाङग्रे बाबा धाममा सरसफाई

By admin

September 20, 2023

अर्जुनधारा । शान्तिपूर्ण एवम् सुरक्षित समाज निर्माण गर्न सञ्चालन गरिएको समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शनिश्चरे प्रहरी चौकीले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

 

सोही कार्यक्रम अन्तर्गत ९औं संविधान दिवसको अवसरमा बुधबार चौकीले अर्जुनधारा ७ मा रहेको डाङग्रे बाबा-सेतीदेवी-पाथीभरा माता धाम क्षेत्रको परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

 

 

चौकीका इञ्चार्ज प्रहरी नायव निरीक्षक कुमार खड्काको नेतृत्वमा आएको नौ जनाको टोलीले सरसफाई गरेको थियो । समुदायमा रहेका धार्मिक तीर्थस्थलहरु सफा स्वच्छ राख्नुपर्दछ भन्ने सन्देश प्रदान गर्ने उद्देश्यले उक्त सरसफाई कार्यक्रमको आयोजना गरिएको इञ्चार्ज खड्काले जानकारी दिए ।

 

चौकीको उक्त कार्यमा धाम संरक्षण समितिका अध्यक्ष इन्द्रबहादुर मगर “काली”को नेतृत्वमा समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

 

त्यसैगरी अध्यक्ष मगरले सरसफाईमा सहभागी सबै टोलीलाई धन्यवाद ज्ञापन गरेका थिए । चौकीले यस किसिमका कार्यहरु नगरभित्र रहेका अन्य धार्मिक तीर्थस्थलहरुमा पनि सञ्चालन गर्ने बताइएको छ ।