समाज

साउदी पुगेको हप्ता दिनमै हल्दिवारीका विजय रिमालको निधन

By admin

September 23, 2023

झापा। हल्दिवारी गाउँपालिका वडा नम्बर १ साविक गोलधाप ३ का एक युवकको रोजगारीको सिलसिलामा साउदी अरब पुगेको हप्ता दिनमै निधन भएको छ ।

 

विष्णु रिमालका जेठा छोरा २१ वर्षीय विजय रिमालको साउदी पुगेको हप्ता दिन नबित्दै बिरामीका कारण निधन भएको छिमेकी इन्द्र कार्कीले जानकारी दिएका छन् ।

 

गत भदौको पहिलो साता रोजगारीका लागि साउदी गएका उनको भदौ १५ गते अचानक निधन भएको परिवारले जनाएको छ । कोरोनाको बुस्टर डोज लगाएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको र उपचारका क्रममा निधन भएको बताइएको छ ।

 

उनको शव शनिबार काठमाडौं आइपुगेको र आइतबार बिहान १० बजे कन्काई नदीमा उनको पार्थिव शरीरको अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन् ।