अर्थ बजार

भाट भटेनी बिर्तामोडको छुट यथावत

By admin

September 23, 2023

बिर्तामोड । आफ्नो २६औँ स्टोरका रुपमा पूर्वी नेपालको व्यापारिक सहर बिर्तामोडमा असोज ४ गतेबाट सञ्चालनमा आएको भाट भटेनी सुपर स्टोरले विशेष छुटको अफरलाई यथावत राखेको जनाएको छ ।

 

झापाली उपभोक्ताको उत्साहजनक साथ मिलेको भन्दै भाट भटेनीले छुटको अफरलाई यथावत राखेको हो । भाट भटेनीमा आज तेस्रो दिनमा पनि सपिङका लागि आउने उपभोक्ताहरुको उत्सहजनक उपस्थिति रहेको थियो ।

 

झापाली जनताको उत्साहजनक साथ पाएको भाट भटेनीले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण ग्राहक महानुभावहरुले स्टोरप्रति देखाएको माया तथा विश्वासका लागि कृतज्ञता तथा आभार व्यक्त गरेको जनाएको छ ।

 

उपभोक्ताहरुको उत्साहजनक उपस्थितिलाई मध्यनजर गर्दै ग्रोसरी, रेडिमेड गार्मेन्ट, फुटवेयर एवम् किचनवेयर लगायतका सामानहरुमा प्रदान गरेको १० प्रतिशत तथा इलेक्ट्रोनिक्सका सामानहरुमा प्रदान गरेको २० प्रतिशतसम्मका छुटको सुविधाहरु अर्को सूचना नआएसम्म यथावत नै रहने जानकारी गराएको छ ।

 

१५ कट्ठा क्षेत्रफलमा करिब २ लाख ५० हजार स्क्वायर फिट सपिङ स्पेससहित सञ्चालनमा आएको स्टोरमा २ अर्ब रुपैयाँभन्दा बढी लागानी रहेको छ ।