खेलकुद

विमल घर्ती अस्ट्रेलिया हानिए

By admin

September 29, 2023

झापा । राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अस्ट्रेलिया गएका छन् । एक दशकभन्दा लामो समयदेखि राष्ट्रिय टोलीका सदस्य रहेका विमल शुक्रबार अस्ट्रेलिया गएका हुन् ।

 

एन्फा एकेडेमीका उत्पादन उनले सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए। उनले मच्छिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए।

 

सन् २०१५ मा नेपालले विमलको कप्तानीमा पहिलो यु १९ साफ च्याम्पियनसिप जितेको थियो। साफमा भारतलाई हराउँदै नेपाली उपाधि जितेको थियो।

 

पछिल्लो २ वर्षमा राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका सहित ५० जनाभन्दा बढी फुटबल खेलाडी सुखद भविष्यको आशामा अस्ट्रेलिया पुगेका छन् ।