समाज

ब्राउनसुगरको मुद्दा मिलाइदिने भन्दै ठग्ने दमकका सिंह पक्राउ

By admin

October 03, 2023

झापा । मुद्दा मिलाई दिने भन्दै ठगी गर्ने दमकका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं. ५ क्याम्पस मोड बस्ने ३८ वर्षीय शिवनारायण सिंह रहेका छन् ।

 

गत असार २६ गते राति ११ः३० बजेको समयमा दमक नगरपालिका वडा नं. २ बाट २७ वर्षीय तिलकराम खवासको कोठाबाट दिपक साह, रेशम गौतम र तिलकराम खवास ब्राउन सुगरसहित पक्राउ परेका थिए ।

 

उनीहरुलाई नियन्त्रणमा लिई अदालतबाट म्याद थप लिई अनुसन्धान भइरहेको अवस्थामा प्रतिवादी साहका आफन्तलाई मुद्दा मिलाइदिन्छु भनी सिंहले १ लाख रुपैयाँ लिएका थिए ।

 

पीडित पक्षले ईलाका प्रहरी कार्यालय दमकमा जानकारी गराउनासाथ खटिएको प्रहरी टोलीले सोमबार उनलाई दमक बजारबाट नियन्त्रणमा लिई ठगी मुद्धामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।