खेलकुद

इलामको रेडहर्स मानेभञ्जयाङ गोलडकपबाट बाहिरियो

By admin

October 03, 2023

मानेभञ्जयाङ (भारत) । चाँद एफसी तीनधारिया सातौँ मानेभञ्ज्याङ गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । रेडहर्स फुटबल क्लब इलामलाई ४-१ गोल अन्तरले हराउँदै चाँदले अन्तिम ८ मा स्थान तय गरेको हो ।

 

खेलको सुरुवाती अग्रता इलामले लिएको थियो । २५औँ मिनेटमा आयुष तिम्सिनाले इलामलाई अग्रता दिलाएका थिए । ४ मिनेट नबित्दै सौरभ तामाङले हेडर गोल गर्दै खेललाई बराबरीमा ल्याए । पहिलो हाफमा बराबरीमा सकिएको खेलको दोश्रो हाफमा चाँदले ३ गोल थप्यो ।

 

खेलको ५०औँ मिनेटमा अफ्रिकी खेलाडी मार्टिनले चाँदलाई पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए । ६५औँ मिनेटमा मार्टिनले व्यक्तिगत दोश्रो गोल गरे । इन्जुरी समयमा दिवस तामाङले हेडर गोल गरेपछि चाँदले ४-१ गोल अन्तरको जित निकाल्यो ।

 

खेलको म्यान अफ दि म्याच सौरभ तामाङ घोषित भए । प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेल दलसिंहपाडा डुर्वस र सिङलिङ स्पोर्टिङ क्लब सिक्किमबीच हुनेछ ।