झापा । कोटीहोम धार्मिक विकास संस्थाको अध्यक्षमा शेरबहार थापा विजयी भएका छन् । सोमबार भएको निर्वाचनको मतगणनाअनुसार आज साढे ७ बजे अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।
थापाले अध्यक्षका अर्का प्रतिस्पर्धी नरेन्द्रप्रसाद फुयाँललाई १४७ मत अन्तरले पराजित गरेका हुन् । शेरबहादुरले ५२३ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नरेन्द्रप्रसाद फुयालले ३७६ मतमात्रै ल्याए ।
यसैगरी, महासचिवमा समेत शेरबहादुर थापाकै दिनानाथ खतिवडा बिजयी भए । खतिवडाले ४३५ मत ल्याउँदा उनका प्रतिस्पर्धी दलका प्रतिनिधि उम्मेद्वा कृष्णप्रसाद घिमिरेलले ४२२ मत ल्याएका छन् । बाकी सबै पदाधिकारीमा दलका तर्फबाट उम्मेद्धारी दिएका नै विजयी भए । सदस्यहरुको भने मतगणना जारी रहेको छ ।
पदाधिकारीमा बरिष्ठ उपाध्यक्षमा दलका निर्मल खतिवडाले ४८२ मत ल्याएर विजयी भए । शेरबहादुर प्यालनका डिल्लीराम बाह्रकोटीले ३८९ मत ल्याए । यसैगरी धार्मिक उपाध्यक्षमा दलका प्रकाश थापा ४८१ मतका साथ विजयी भए भने स्वतन्त्रका चन्द्र भेटवालले ३७६ मत ल्याए ।
यसैगरी पर्यटन उपाध्यक्षमा दलकै तर्फबाट अम्बिका खरेलले ४९४ मतले विजयी भए भने स्वतन्त्रका रामप्रसाद अधिकारीले ३६७ मत ल्याए । सचिव पदमा दलका तर्फबाट यामनाथ खतिवडा ४७९ मत ल्याउँदा स्वतन्त्रका युवराज पौडेलले ३३३ मत र अर्का स्वतन्त्र उम्मेद्वार अर्जुनकुमार बस्नेतले ५३ मतमात्र ल्याए ।
कोषाध्यक्षमा समेत दलका तर्फबाट मानबहादुर पौडेलले ४८९ मत ल्याएर विजयी बने भने थापा प्यानलका अम्बिका चापागाईले ३२० मतमात्रै ल्याए । कुल १ हजार १२८ मतमा ९२६ मत खसेको निर्वाचन आयुक्त हरिप्रसाद तिम्सिनाले बताए ।
कोटीहोम धार्मिक विकास सस्थाको निर्वाचनमा यहाँका एमाले, कांग्रेस, माओवादी, राप्रपा, नेकपा एस लगायातका सबै दलहरु एकातिर र शेरबहादुर थापाको प्यानल अर्कातिर चुनावी प्यानल बनाएर निर्वाचनमा होमिएका थिए ।