शिक्षा

राष्ट्रिय रमणीय माविका प्रधानाध्यापकमाथि कुटपिट

By admin

October 06, 2023

विनोद सापकोटा, झिलझिले । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ मा रहेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक कुटिएका छन् ।

 

विद्यालयको लेखा शाखामा रहेका प्रधानाध्यापक लालमणी सुवेदीलाई सोही विद्यालयमा यसअघि कार्यरत शिक्षक गणेश भण्डारीले थप्पड हानेका हुन् । उनी गएको असोज ३ गतेमात्र सेवा निवृत्त भएका थिए ।

 

भण्डारीको सञ्चित विदाका विषयमा नियमविपरीत नगर्ने प्रधानाध्यापक सुवेदीले अड्डी नछोडेपछि रिसले चुर भएका भण्डारीले झुक्याएर थप्पड हानेको बताइएको छ । ‘भण्डारीको सञ्चित विदा सकिएको थियो । प्रधानाध्यापकलाई उनले सञ्चित विदा सकिए पनि नियमअनुसार नै विदा सिफारिस गरिदिन अनुरोध गरेका थिए’, विद्यालय स्रोतले भन्यो, ‘प्रधानाध्यापक सुवेदीले भण्डारीको मागबमोजिम कानुनविपरीत सिफारिस दिन नसक्ने बताएपछि भण्डारीले थप्पड हानेका हुन् ।’

 

यसैबीच इलाका प्रहरी कार्यालय झिलझिलेले प्रधानाध्यापक सुवेदीलाई थप्पड हान्ने शिक्षक भण्डारीलाई पक्राउ गरेको छ । पक्राउ परेका शिक्षकलाई अनुसन्धानका लागि प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।