झापा । झापाको दमक ९ स्थित चियादोकान क्षेत्रको पश्चिम खोल्सामा तैरिरहेको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।
अन्दाजी ३५ वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको हो । केही दिनअघि नै मृत्यु भएको हुनसक्ने जनजाति समुदायको जस्तो देखिने ब्यक्तिको अनुहार कुहिसकेको प्रहरीले जनाएको छ । कसको शव हो भनेर पहिचान भइसकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको दमक प्रहरीले जनाएको छ ।