अर्थ बजार

नयाँ नोट साट्ने सुविधा आज अन्तिम दिन

By admin

October 20, 2023

झापा । नेपाल राष्ट्र बैंकबाट भएको दशैँ-तिहार लक्षित नयाँ नोट सटही सुविधा सर्वसाधारणले आज शुक्रबारसम्म पाउने भएका छन् । गत सोमबारदेखि राष्ट्रबैकले नयाँ नोट सटही गर्न शुरु गरेको हो ।

 

राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ । नयाँ नोट सटही सुविधा आज शुक्रबार अर्थात कार्तिक ३ गतेसम्म रहेको राष्ट्र बैंकले जनाएको छ । सर्वसाधारण नयाँ नोट सटही गर्दा प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले पाइरहेका छन् ।

 

विगतका वर्षहरुमा भन्दा यसवर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सीमित शाखाहरुबाट मात्रै नोट बाँड्ने व्यवस्था मिलाएको थियो । बैंकहरुले सटही गर्दा ५ को एक प्याकेट, १० को, २० को, ५० को र सय रुपैयाँ दरको एक प्याकेट उपलब्ध गराइरहेका छन् ।

 

कतिपय बैंकहरुले भने गतवर्षको भन्दा राष्ट्रबैंकले साट्नका लागि यो वर्ष थोरै नयाँ नोट उपलब्ध गराएको जनाएका छन् ।