बिर्तामोड । झापाको बिर्तामोडमा सम्पन्न चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड वडा नम्बर १० ले जितेको छ ।
डोमालाल राजवंशी रङ्गशालामा बिहीबार भएको फाइनल खेलमा बिर्तामोड ५ लाई २-१ गोल अन्तरले पराजित गर्दै बिर्तामोड १० ले उपाधि उचालेको हो । उपाधि जितेसंगै बिर्तामोड १० ले नगद १ लाख र ट्रफी पाएको छ ।
बिर्तामोड १० लाई उपाधि दिलाउन सौरभ लिम्बूले खेलको ५औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ३३औं मिनेटमा पाल्देन गुरुङले थप एक गोल गर्दै बिर्तामोड १० लाई २-० गोलको अग्रता दिलाएका थिए ।
बिर्तामोड ५ ले भने ४२औं मिनेटमा गोल फर्काएको थियो । उसका लागि सुजन विकले सान्त्वना गोल गरेका थिए । प्रतियोगिताको उपविजेता बनेको बिर्तामोड ५ ले नगद ५० हजारमा चित्त बुझाएकोे छ ।
प्रतियोगिताको बेस्ट प्लेयर बिर्तामोड १० का सौरभ लिम्बू भए । उनले १३ हजार १ सय पाए । उनलाई आयोजक समितिको तर्फबाट नगद ५ हजार, जीवन विकास लगुवित्त सस्था बिर्तामोडको तर्फबाट ५१ सय र झापा जिल्ला बास्केटबल संघका अध्यक्ष प्रकाश लिङदेनको तर्फबाट नगद ३ हजार प्रदान गरिएको थियो ।
त्यस्तै प्रतियोगितामा उदयीमान खेलाडीको पुरस्कार बिर्तामोड ५ का बिक्रम तामाङ घोषितहुँदै प्रवासी नेपाली मञ्च न्युयोर्क सिटीका अध्यक्ष सूर्य लिङ्देनले नगद ५ हजार हस्तान्तरण गरे ।
फाइनल खेलको म्यान अफ दी म्याच बिर्तामोड १० का अभिषेक गुरुङ भए । उनले नगद २५ सय पुरस्कार पाए । उनलाई आयोजकको तर्फबाट १५ सय र यूवा व्यवसायी दिपेन चौधरीको तर्फबाट नगद १ हजार प्रदान गरिएको थियो ।