कला

गरामनी मेलामा सन्थाल नाच देखाउन गाह्रो !

By admin

October 26, 2023

झापा । दशैँको अवसरमा बर्सेनि लाग्दै आएको गरामनी मेलामा स्थान अभावका कारण सांस्कृतिक झाँकीहरु विगतका वर्षझैँ प्रदर्शन हुन सकेनन् । यसैगरी, साँघुरो ठाउँमा सन्थाल नाच देखाउन गाह्रो भयो ।

 

जिल्लाभरिबाट भेला भएका एक दर्जनभन्दा बढी सन्थाल नृत्य टोलीहरुले साँघुरो ठाउँमा अटी नअटी नाच देखाए । मिसिएर नाच देखाउनु पर्दा स्टेजमा बसेका निर्णायकहरुलाई समेत निर्णय गर्न समस्या पर्यो । बडादशैको एकादशीका दिन झापामै सबैभन्दा धेरै सन्थालहरु नृत्यका लागि गरामनी मेलामा भेला हुने गरेका छन् ।

 

विगतमा दुर्गा माध्यमिक विद्यालयको खेलमैदानमा सन्थाल नाच देखाउन उपयुक्त थियो । त्यसलाई मासेर टहरा निर्माण गरिएपछि सन्थाल नाचसँगै दशैँ मेला नै संकटमा परेको हो ।