समाज

दमकमा ब्राउन सुगरसहित चुलाचुलीका प्रदिप र राजु पक्राउ

By admin

October 29, 2023

दमक । झापाको दमक नगरपालिका-३ बेलडाँगी स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी चौकी बाघखोर झापाबाट गस्तीमा खटिएको प्रहरी टोलीले इलामको चुलाचुली गाउँपालिका ५ का २२ वर्षीय प्रदीप लिम्बू र ३१ वर्षीय राजु दर्नाललाई ३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

 

पक्राउ परेका दुवै जनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।