झापा । चाडपर्वलाई लक्षित गरी भद्रपुर नाकामा पनि डगसहितको चेकिङ (डग स्निफिङ) शुरु भएको छ ।
कात्तिक ११ गते बिहानबाट भद्रपुर ५ मेची पुलस्थित भद्रपुर-गलगलिया नाकामा डग स्निफिङ शुरु गरिएको हो । डग स्निफिङमा दुई वटा तालिम प्राप्त कुकुर प्रयोग गरिएको छ । यसअघि असोज २४ गतेदेखि पूर्वी नाका काँकडभिट्टामा डग स्निफिङ शुरु गरिएको थियो ।
वडा प्रहरी कार्यालय भद्रपुरका प्रमुख, प्रहरी निरीक्षक संजीव बोगटीको कमाण्डमा कोशी प्रदेश प्रहरी कार्यालय धरान केनाईन शाखाबाट आएका दुईवटा डगसहित ६ जनाको टोलीद्वारा चेकिङ सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।