फिदिम । बडा दसैंको अवसरमा पाँचथरको फिदिम नगरपालिका १३ जेभालेस्थित पञ्चमी भञ्ज्याङमा आयोजित दशमी मेला फुटबल प्रतियोगिताको उपाधि सुकेटार फुटबल टिम लुङरुपाले जितेको छ ।
सोही अवसरमा आयोजित महिलातर्फको उपाधि भने रानीटार युनाइटेडले जित्न सफल भयो । सोमबार सम्पन्न खेलमा पुरुषतर्फको उपाधि विजेता लुङरुपाले नगद एक लाख ३१ हजार पुरस्कारसहित ट्र«फी हात पार्यो । दोस्रो हुने फालेलुङ ६ सिदिन फुटबल टिमले ७५ हजार नगद पुरस्कारमा चित्त बुझायो ।
यस्तै, महिलातर्फको उपाधि विजेता रानीटार युनाइटेडले ६१ हजार रुपियाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने आयोजक जेभाले फुटबल क्लबले ३६ हजार रुपियाँ पुरस्कार प्राप्त गर्न सफल भयो ।
कात्तिक ४ गते सुरु भएका प्रतियोगितामा पुरुषतर्फ ३२ र महिलातर्फ ७ टिम सहभागि थिए । खेलकुद प्रतियोगिता दशमी मेला आयोजक समिति पञ्चमी भञ्ज्याङले आयोजना गरेको थियो ।
विजेता, उपविजेता टिम तथा खेलाटीलाई प्रदेश सांसद कमल जवेगू, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमुख राधा न्यौपाने, कांग्रस नेता नरेन्द्र केरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।