समाज

बिर्तामोडमा एम्बुलेन्सको ठक्करबाट बृद्धाको मृत्यु

By admin

October 31, 2023

बिर्तामोड । एम्बुलेन्सको ठक्करबाट बिर्तामोडमा एक पैदलयात्री बृद्धाको मृत्यु भएको छ । सोमबार बिहान ५ः१५ बजे बिर्तामोड १ स्थित अधुवा पुलनजिक एम्बुलेन्सले ठक्कर दिएको थियो ।

 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सिंहदेवी कृषि सहकारी संस्था इलामको मे १ च ४६२३ नम्बरको एम्बुलेन्सले पैदलयात्री बिर्तामोड ४ का ६९ वर्षीया सीतादेवी साह कलुवारलाई ठक्कर दिएको थियो ।

 

ठक्करबाट घाइते कलुवारलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएकोमा त्यहाँबाट प्रादेशिक अस्पताल भद्रपुर पुर्याइएकोमा उपचारका क्रममा ७ः३५ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

 

दुर्घटनापछि एम्बुलेन्स र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।