झापा । झापाको लक्ष्मीपुर-घैलाडुब्बा सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । प्रदेश २-०३-०१५ प ४०७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो ।
राति ११ बजेतिर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालक कन्काई ९ घैलाडुब्बा बस्ने करिव ४० वर्षीय सञ्जय शाह गंभीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि बिर्तासिटी हस्पिटल पुर्याउनासाथ मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । शाह सञ्जय टेन्ट हाउसका सञ्चालक भोला शाहका जेठा छोरा हुन् ।