झापा । झापाको मेचीनगर ११ धाइजनमा रहेको रबर उद्योगमा आगलागी भएको छ । आज बिहान ९ः३० बजेको समयमा भएको आगलागीमा २५ लाखभन्दा बढीको क्षति भएको छ ।
झापा धाइजन बस्ने शान्तिराम चिमरियाले सञ्चालन गरेको धाइजन पशुपालन तथा रबर उद्योग प्रालिमा रबर सुकाउने क्रममा रबर सुकाउने भट्टीबाट अचानक आगलागी भएको हो ।
आगलागीबाट रबर, रबर बनाउने मेसिन, १५० मन धान पूर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी २५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी चारआलीबाट खटिएको टोली, मेचीनगर नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा बिहान ११ बजेको समयमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।