समाज

गौरादह दुर्घटनामा एकको मृत्यु , तीन जना घाइते

By admin

November 28, 2023

झापा । झापाको गौरादहस्थित कार्की चोकमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

 

गौरादह चोकभन्दा करिब ७०० मिटर दक्षिण कार्की चोकमा बेल्ला पानीको अस्थायी नम्बर ना. अ. प. स २५३ को पिकअप (रिफर भेन) र गौरादह नगरपालिका ई ५३ नम्बरको सिटी सफारी एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।दुर्घटनामा परी सिटी चालक गौरादह २ बस्ने अन्दाजी ५० वर्षीय रघुनाथ काफ्लेको मृत्यु भएको हो ।

 

दुर्घटनामा सिटीमा सवार गौरादह ३ बस्ने ५५ वर्षीया रमा नेपाल र सोही ठाउँकी ४४ वर्षीया मेनुका भण्डारी घाइते भएका छन् । त्यस्तै पिकअप चालक गौरीगञ्ज बस्ने राजेश दास पनि घाइते भएका छन् । घाइतेहरुको दमकमा उपचार भइरहेको दमक प्रहरीले जनाएको छ ।