समाज

दमकमा ५१ ग्राम ब्राउन सुगरसहित ३ जना पक्राउ

By admin

December 15, 2023

झापा । अटो (टेम्पो)को डिकीमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगर लुकाएर ल्याउने तीन जना कारोबारी दमकमा पक्राउ परेका छन् ।

 

हिजो साँझ ६ बजेको समयमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका वडा नम्बर ७ हनुमान मन्दिरमा पशुहाटबाट बेलडाँगी जाँदै गरेको को १ ह ९७४५ नम्बरको अटोलाई चेकजाँच गर्दा अटोको डिकीमा लुकाएर ल्याएको ५१ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

ब्राउन सुगरसहित अटो चालक दमक नगरपालिका १ बस्ने ३५ वर्षीय प्रकाश श्रेष्ठ, अटोमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय अर्जुन लिम्बू र उनकै श्रीमती २७ वर्षीया मनिसा लिम्बू पक्राउ परेका छन् ।

 

अटोसहित नियन्त्रणमा लिई उनीहरुलाई इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।