समाज

पत्रकार राजेन्द्र गौतमलाई पितृशोक

By admin

December 22, 2023

झापा । झापाका पत्रकार राजेन्द्र गौतमलाई पितृशोक परेको छ । नेपाल प्रेस युनियन कोशी प्रदेश परामर्श समिति सदस्यसमेत रहेका पत्रकार गौतमका पिता डिल्लीप्रसाद गौतमको भोजपुरको अरुण गाउँपालिका–६ पाउलीस्थित निवासमा निधन भएको हो ।

 

२००६ साल पुस ११ गते जन्मिएका गौतमको उच्च रक्तचापका कारण निधन भएको हो । गौतमका श्रीमती चित्रकुमारीसहित ४ छोरा र २ छोरी रहेका छन् । चार जना छोराबुहारीहरुमा कृष्णप्रसाद-पवित्रा, राजेन्द्र-धनु, बिनोद-निर्मला, खगेन्द्र-रक्षा रहेका छन् ।

 

दुई छोरीहरु मुना र चन्द्रकला छन् । स्वर्गीय गौतमको बैरेनीमा अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।