समाज

मेची पुलबाट १९ ग्राम ब्राउन सुगरसहित दिपक गैरे पक्राउ

By admin

December 23, 2023

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित लमजुङका एक युवक मेची पुलमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङ सुन्दरबजार नगरपालिका वडा नम्बर ९ बस्ने २९ वर्षीय दिपक गैरे रहेका छन् ।

 

शुक्रबार दिउँसो ३ः४५ बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका गैरेलाई चेकजाँच गरिएकाे थियाे ।

 

शंका लागेर प्रहरीले चेकजाँज गर्दा उनको देब्रे खुट्टामा लगाएको जुत्ताभित्र लुकाई छिपाई ल्याउँदै गरेको १९ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

गैरेलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।