खेलकुद

लिग च्याम्पियन अर्जुनधाराका खेलाडीलाई नगदसहित सम्मान

By admin

December 24, 2023

शनिश्चरे । झापा भद्रपुर गोल्डकपको आयोजनामा भएको अन्तर पालिकास्तरीय लिग कम नकआउट फुटबल प्रतियोगितामा च्याम्पियन बनेको अर्जुनधारा नगरपालिकाको टिमलाई नगदसहित सम्मान गरिएको छ ।

 

च्याम्पियन खेलाडी तथा अफिसियललाई आइतबार नगरपालिकाले नगदसहित सम्मान गरेको हो । अर्जुनधाराको टिमले प्रतियोगिताभर पराजयको सामना गर्नु परेको थिएन । शिवसताक्षी नगरपालिकाको टिमसँग मात्र बराबरी खेलेको थियो ।

 

फाइनल भिडन्तमा छिमेकी पालिका बुद्धशान्तिलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै अर्जुनधाराले उपाधि रक्षा गरेको थियो । अर्जुनधाराले नगद ३ लाखसहति आकर्षक ट्रफी पाएको हो ।

 

कार्यक्रममा बोल्दै नगर प्रमुख बलदेव सिंह गोम्देनले आफूले उद्घोष गरेअनुसार नगदसहित खेलाडीलाई सम्मान गरिएको बताए । उनले खेलकुदमा अब्बल सावित भएको अर्जुनधाराले अब पालिकास्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने पनि घोषणा गरे ।

 

कार्यक्रममा नगर प्रमुखसँगै उपप्रमुख, वडाध्यक्ष, नगर सभा सदस्य, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुखलगायतले खेलाडीहरुलाई नगदसहित सम्मान गरेका थिए ।